८ बैशाख २०८१, शनिबार

देउवाले कांग्रेसलाई ९ मन्त्रालय माग्दा भएन सहमति

new gathabandhan e1677262096336

सत्तारुढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ ।

मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो-आफ्नो दाबी नछाड्दा बिनानिष्कर्ष सकियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा ९ मन्त्रालय माग्दा सहमति जुटेन सकेको छैन।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा सभापति देउवाले कांग्रेसलाई ९ मन्त्रालय माग्दा सहमति नजुटेपछि बैठक निष्कर्ष विहिन भएको हो।

देउवाले नौ मन्त्रालयको अडान लिएपछि एकीकृत समाजवादी र जसपाले पनि समान तीन/तीन र लोसपाले दुई मन्त्रालय पाउनु पर्ने अडान राखेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने जानकारी दिए ।

उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको जनाए । ‘सरकारपक्षीय राजनीतिक दलका नेताहरुको बैठक बस्यो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । भोलि फेरि बस्ने भन्नेछ,’ उनले भने, ‘भागबन्डाको बारेमा छलफल भएन । सरकार चाँडोभन्दा विस्तार गर्ने कुरा भयो । सरकार चाँडै विस्तार हुनेगरी छलफल भयो । मन्त्रालय नमिल्ने भन्ने समस्या छैन । गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ । मन्त्रालयबारे विवाद छैन ।’

प्रमुख सचेतक लेखकले मन्त्रालयबारे केही समस्या नरहेको दाबी गरे । आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको उनको दाबी थियो । यद्यपि बैठकमा दलहरुले मन्त्रालय भागबन्डाका विषयमा आफ्नो दाबी भने प्रस्तुत गरेका थिए । सबै दलका शीर्ष नेता सम्मिलित बैठक झन्डै साढे २ घण्टा चलेको थियो ।

मंगलबार प्रस्तावमा मात्रै छलफल भएको र भागबण्डाबारे सहमति मिलाउन बुधबार ९ बजे फेरि बैठक बस्ने भएको छ।

    सम्बन्धित समाचार...