१५ बैशाख २०८१, शनिबार

फ्रान्सको दोस्रो जित

France

फ्रान्सले युरोकप छनोटमा आयरल्यान्डलाई १ – ० गोलले पराजित गरेको छ । छनोट खेलमा विश्वकप उपविजेताको यो लगातार दोस्रो जित हो ।

समूह बी मा रहेको फ्रान्स आयरल्यान्डस्थित डब्लिनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । गोलका केही अवसर बनाएको फ्रान्सले डेड लक तोड्न सकेन ।

राष्ट्रिय टिमको कप्तानका रुपमा डेब्यु गरेका किलियन एम्बाप्पेले छनोटको अघिल्लो खेलमा नेदरल्यान्डविरुद्ध २ गोल र १ असिस्ट गरेका थिए । त्यसैले गएरातिको खेलमा पनि सबैको नजर उनी माथिनै थियो । आयरल्यान्डसँग भने एम्बाप्पेले गोल गर्न सकेनन् । ५० औँ मिनेटमा बेन्जामिन पाभर्डले फ्रान्सलाई अग्रता दिलाए । बाँकी समयमा फ्रान्सले थप गोल गर्ने अनुमान गरिएपनि फ्रान्स १ – ० मै रोकियो । उसका लागि गोलकिपर माइक मिन्योले उत्कृष्ट प्रदर्शन गरे ।

कप्तान तथा गोलकिपर ह्युगो लोरिसले सन्यास लिएपछि उनको स्थान लिएका माइकले अन्तिम समयमा नाथन कलिन्सको हेडरको उत्कृष्ट बचाउ गरेपछि फ्रान्स अंक बाड्नबाट जोगिएको थियो । २ खेलबाट ६ अंक जोडेको फ्रान्स तालिकाको शीर्ष स्थानमा छ । आयरल्यान्डको भने युरो छनोटको सुरुवात सुखद रहेन ।

    सम्बन्धित समाचार...