१४ बैशाख २०८१, शुक्रबार

वाईसिएल अध्यक्षको ज्ञानेन्द्र शाहीलाई चेतावनी : हैसियतभन्दा बाहिर बोल्न तिमीलाई लाज लाग्दैन ?

ssaaa

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज सेरपालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजो संसद्मा बोलेको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले शाहीले आफ्नो हैसियतभन्दा बाहिर गएर बोलेको आरोप लगाएका छन् ।

फेसबुकमार्फत उनले शाहीले सरकारको योजनाका विरुद्ध संसद्मा बोलेको र छनौट गरेको शब्द र अभिव्यक्तिले द्धन्द्धलाई न्यूनीकरण नभएर थप विवादस्पद बनाएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्- संबिधानको मर्म भावना र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको योजनाका विरुद्ध संसदमा ज्ञानेन्द्र शाहीले छनौट गरेको शब्द र अभिव्यक्तिले द्वन्दलाई न्यूनीकरण होइन थप बिबादास्पद बनाइ मुलुकलाई थप अस्थिर बनाउने निश्चित छ । माननीय जस्तो ब्यक्तिको यस्तो लज्जापुर्ण अभिव्यक्त जति निन्दा गरे पनि अपुग नै हुन्छ । गणतन्त्रको तलब भत्ता खाएर र्‍याल चुहाउदै आफ्नो जिम्मेवारी र हैसियत भन्दा बाहिर बोल्न तिमिलाई लाज लाग्दैन ? गणतन्त्र नचाहिने, गणतन्त्रका पिता मचाहिने तर युद्ध र आन्दोलनबाट स्थापित यहि संविधान अनुसार माननीय बन्न चाहिँ कुनै अप्ठ्यारो नहुने ? विचार गर्नु समयको रफ्तार भन्दा मनोगत बनेर बेहोसी बन्दा उत्पन्न परिणामको तेजले तपाइलाई पुर्ण होसमा लिदा समयले निकै टाढा पुर्‍याइसकेको नहोस् । माननीय ज्यु बोल्न पाइन्छ तर सिमा नाघेर बोले समय अनुसारको जबाफ मज्जाले पाउनुहुनेछ ।

a

    सम्बन्धित समाचार...