७ बैशाख २०८१, शुक्रबार

नौ जना चिनियाँ नागरिकको हत्या मध्य अफ्रिकी गणतन्त्रमा

central africa

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ ।

आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।रमध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५:०० बजे ‘सशस्त्र व्यक्तिहरू’ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरेका छन् ।

उनले एएफपीसँग कुरा गर्दै भने, “आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र र दुई जना घाइते भएकोे’ र मृतकहरू आफ्नो शहरबाट २५ किलोमिटर टाढा गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीमा चिनियाँ कामदार रहेको बताए ।

चीनको विदेश मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । सीले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई हत्यामा संलग्नहरूलाई ‘कडा सजाय’ दिन आग्रह गरेकाे पनि मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति सीले घाइतेको उपचार गर्न, घटनाको समयमा नै व्यवस्थापन गर्न, दोषीलाई कानूनबमोजिम कडा सजाय दिन र चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको छ ।” स्थानीय अधिकारीहरूले आक्रमणको थप विवरण सार्वजनिक गरेका छैनन् र यसको जिम्मेवारी पनि लिएका छैनन् ।

एएफपीका एक पत्रकारका अनुसार चिनियाँ राजदूत ली किन्फेङ र मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्भी बाइपो टेमोनको पहलमा मृतकको शव राजधानी बान्गुईस्थित एक अस्पतालमा लगिएको छ ।

    सम्बन्धित समाचार...