७ बैशाख २०८१, शुक्रबार

ओलीको बुझाइमा प्रचण्ड र जंगबहादुर उस्तै

kp oli
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगबहादुर शैलीको भएको बताएका छन्।

सोमबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड अहिलेको जंगबहादुर भएको बताएका हुन्।

उनले भने, ‘ प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ। उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ। बोलेझैँ गर्‍यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ। अरूसँग मिलेको भन्ने आरोप लाग्छ। एकता गर्नु हुन्न।’