८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

prachanda 3
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । आफूहरुले राजीनितक स्थिरताको प्रतिपद्धतासहित सरकार गठन भएपनि राष्ट्रिय सहमतिको प्रस्ताव पछि आफूले फेरि विश्वासको मत लिन परेको उनले बताए ।

सरकारबाट नेकपा (एमाले) र राप्रपा बाहिरिएसँगै उनीहरुले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्तालिए पुन: सरकारले ३० दिनभित्र विश्वासको मत ल्याउनुपर्ने कानूनी ब्यवस्था बमोजिम प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिइरहेका हुन्।

प्रधानमन्त्री दाहाललाई फेरिएको सत्तासमिकरण अनुरुप नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनको अलावा रास्वपाले पनि विश्वासको मत दिँदै छ।