२० बैशाख २०८१, बिहीबार

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

sandip 5

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गतको सिरिजमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

युएई गएको नेपाली टोली मंगलबार साँझ स्वदेश फर्किएको हो । लिग टुको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किएको हो । युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । 

नेपालले पपुवान्युगिनी र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जित्यो भने युएईसँगको पहिलो खेल हारेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु  मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ । 

नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले फागुन २५  मा पपुवान्युगिनीसँग खेल्नेछ । फागुन २८ मा युएईसँग दोस्रो खेल  र २९ मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ ।

 विश्वकप लिग टुको अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ ।

    सम्बन्धित समाचार...