६ बैशाख २०८१, बिहीबार

अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको चेतावनी- आफ्नो नीति परिवर्तन नगरे द्वन्द्व

Qin Gang warned

चीन र अमेरिकाबीचको सम्बन्ध थप चिसिने संकेत देखिएको छ । नवनियुक्त चिनियाँ विदेशमन्त्री किन गाङले आफ्नो मुलुकलाई एक्ल्याउने र दमनको नीतिले अमेरिकालाई महान् बनाउन नसक्ने भन्दै आलोचना गरेका हुन् ।

अमेरिकी कदमले चीनको पुनःजागरण अभियानलाई रोक्न नसक्ने चिनियाँ विदेशमन्त्री गाङको भनाइ छ । मंगलबार आयोजित पहिलो पत्रकार सम्मेलनमा विदेशमन्त्री किनले अमेरिकाले आफ्नो नीति परिवर्तन नगरे दुवै मुलुक अपरिहार्य रुपमा संघर्षको दिशामा अघि बढ्ने चेतावनी पनि दिए ।

उनले रुससँगको चिनियाँ सम्बन्धको पनि प्रतिरक्षा गरेका छन् । विदेशमन्त्री किनले युक्रेन युद्धमा रुसलाई सैन्यसामग्री उपलब्ध गराएको भनेर अमेरिकाले लगाउँदै आएको आरोपको पनि खण्डन गरे । युक्रेन युद्ध अदृश्य हातबाट सञ्चालन भएको टिप्पणी गरे पनि कसको संलग्नता हो भन्नेबारे उनले खुलाएनन् ।

केही समयअघि चिनियाँ बेलुन अमेरिकाले खसालेपछि दुई मुलुकबीच तनाव झन् बढेको थियो । तर, दुईपक्षीय सम्बन्ध सुधारको प्रयास जारी रहेको विदेशमन्त्री चीनको भनाइ छ । यस्तै, शान्ति वार्ता थाल्न पनि उनले रुस र युक्रेनलाई आग्रह गरेका छन् । विदेशमन्त्रीमा नियुक्त हुनुअघि किन अमेरिकामा राजदूत थिए ।

    सम्बन्धित समाचार...