४ जेष्ठ २०८१, शुक्रबार

आज नारी दिवस : विभिन्न कार्यक्रम गरी मनाइदै

Jumla women File photo
फाइल फोटो

११३ औं अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस हरेक वर्ष मार्च ८ का दिन मनाउने गरिन्छ ।

दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा यो दिवस मनाइँदै छ ।

सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि यसको बिजारोपण भएको थियो।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार...