२६ बैशाख २०८१, बुधबार

विश्व क्रिकेट लिग टु: नेपालको लगातार पाँचौं जित

Nepali cricket team

आईसीसी विश्व क्रिकेट लिग टुमा पपुवा न्युगिनी (पीएनजी) सँग नेपाल ४ विकेटले विजयी भएको छ ।

आईसीसी विश्व क्रिकेट लिग टुमा पीएनजीबाट नेपालले २०४ रनको लक्ष्य पाएको थियो । नेपालले जवाफी ब्याटिङमा ४५ दशमलव २ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालको यो लगातार पाँचौं जित हो ।

यूएईको दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पीएनजीका बलरले किफायती बलिङ गरेपछि पीएनजीले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो ।

पाँचौं ओभरमा सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले दुई रन बनाएका टोनी उरालाई क्लिन बोल्ड गरे । दोस्रो विकेटका लागि भने अलि समय कुर्नुपर्‍यो । १८औं ओभरको अन्तिम बलमा क्लिपिन डोरिगा २९ रनमा मैदान बाहिरिए ।

उनलाई गुल्सन झाले आउट गरेका हुन् । सेसे बाउन पनि गुल्सनकै बलमा पभेलियन फर्किए । सेसेले ३१ रन बनाएका थिए । ३६ रन बनाएका कप्तान असाद भालालाई कुशल मल्लले रोके । चाद सुपर ३६ रनमा अविजित रहे । पीएनजीका तर्फबाट तीव्र गतिका बलर गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरे ।

गुल्सनले तीन र कुशलले दुई विकेट लिए । सोमपाल, करण केसी र प्रतिस जीसीले एक एक विकेट लिए । प्रतिशतको यो डेब्यु विकेट हो । उनले आजको आजको खेल मार्फत राष्ट्रिय टिममा डेब्यु हुन् । सोमपालले प्रतिशलाई डेब्यू क्याप दिएका थिए । उनी नेपालका लागि ओडीआई खेल्ने ३७औं खेलाडी हुन् ।

    सम्बन्धित समाचार...