२५ बैशाख २०८१, मंगलवार

विदेशीको ढोक्सामा परिसक्यो सार्वभौमसत्तासम्म: रवीन्द्र मिश्र

rabindra
फाइल फोटो

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रले नेपालमा राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति/सार्वभौमसत्तासम्म बढ्दोरूपमा विदेशीको ढोक्सामा परिसकेको टिप्पणी गरेका छन् ।

नेपाली राजनीतिमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा भन्ने शब्द चर्चामा ल्याएका हुन् । मिश्रले पनि ढोक्साको बारेमा चर्चा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ढोक्सै ढोक्सा! उसले उसलाई, उसले उसलाई – सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति/सार्वभौमसत्तासम्म बढ्दोरूपमा विदेशीको ढोक्सामा परिसक्यो। कमसेकम ‘राष्ट्रप्रमुख’को एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्न पाए संकटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नु पर्नेले किन सुन्थे र! एक्लो बृहस्पति झूठो!

https://www.facebook.com/rabindramishra.official/posts/765753701576230

    सम्बन्धित समाचार...