२१ बैशाख २०८१, शुक्रबार

गणतन्त्र र संविधान रक्षका लागि आठ दल एक ठाउँमा उभियौं : अध्यक्ष नेपाल

Madhav Kumar Nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षका लागि आठ दल एक ठाउँमा उभिएको जनाएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने पूर्वप्रधानमन्त्री नेपालले जानकारी दिए । समाजवादी प्रेस संगठनले सुर्खेत विमानस्थलमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन दलको साझा उम्मेदवार पौडेल नै नेपालको अर्को राष्ट्रपति हुने दाबी गरे । आठ दलले राष्ट्रपतिका लागि पौडेल र एमालेले सुवासचन्द्र नेम्वाङलाई अघि सारे पनि नेपालको राष्ट्रपतिमा पौडले नै निर्वाचित हुने ठोकुवा गरे ।

अध्यक्ष नेपालले आठ राजनीतिक दललाई एक ठाउँमा ल्याएर राजनीतिक कोर्स परिवर्तन गर्न सक्ने आँट भएको उनको भनाइ छ ।

मुलुकको राजनीतिमा राजतन्त्र पुनःस्थापना गर्ने दलहरु एक ठाउँमा छन् भने संविधानको रक्षा गर्ने दल एक ठाउँमा भएका वेला नेकपा एमाले अनेकौं वैचारिक अन्योलमा अल्झेको उनको भनाइ छ । नेपाल सोमबार पार्टी प्रशिक्षणका लागि सुर्खेत पुगेका हुन् । उनीसँगै नेता घनश्याम भुसाल पनि आएका छन् ।

    सम्बन्धित समाचार...