१३ बैशाख २०८१, बिहीबार

१७ सांसदले संविधान संशोधनमा हालेनन् भोट

Nepalese parliament

संविधान सभा सदस्यको संख्या ६०१ भएपनी प्रतिनिधि सभा २७५ जनाको हो। प्रतिनिधि सभा मा प्रत्यक्ष निर्वाचित १६५ जना र ११० जना समानुपातिक उम्मेदवार चुनिन्छन्।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा भने २७५ सदस्य मध्ये २५८ जनाले मतदान गरेका छन्। उक्त बैठकमा नेपालको नक्सा संशोधनका लागि भएको संविधान संशोधन विधेयकको पक्षमा प्रतिनिधिसभाका २५८ प्रतिनिधि मात्र उपस्थित रहे ।

उपस्थित सबैले नेपालको नक्सा संशोधनका लागि भएको संविधान संशोधन विधेयकको पक्षमा भोट हाले। विपक्षमा कुनै भोट पनि परेन।

बाँकी १७ सांसद मध्ये ४ सांसद निलम्बित छन् भने सभामुख अग्नि सापकोटाले मत दिएनन्। अनुपस्थित हुनेमा सबैभन्दा धेरै सत्तारुढ नेकपाका सांसद छन्। नेकपाका ४ सांसद बैठकमा गएनन्।

अनुपस्थित रहेका सांसदहरु :

  1. गोपालबहादुर बम (नेकपा)
  2. हरिबोल गजुरेल (नेकपा)
  3. धनबहादुर बुढा (नेकपा)
  4. शिवकुमार मण्डल (नेकपा)
  5. ज्ञानकुमारी छन्त्याल (नेपाली कांग्रेस)
  6. सूर्यबहादुर केसी (नेपाली कांग्रेस)
  7. नागेन्द्रकुमार चौधरी (नेपाली कांग्रेस)
  8. अमृतादेवि अग्रहरी (राजपा)
  9. दुलारी देवी खत्वेनी (राजपा)
  10. प्रमोद शाह (राजपा)
  11. सरिता गिरी (समाजवादी पार्टी)
  12. सूर्यनारायण यादव (समाजवादी पार्टी)

समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा सहभागि भएपनि बहिष्कार गरेर हिँडेकी थिइन्।

निलम्बित सांसदहरु :

  1. विजयकुमार गच्छदार
  2. मोहम्मद आफ्ताब आलम
  3. हरिनारायण रौनियार र
  4. रेशम चौधरी