७ बैशाख २०८१, शुक्रबार

पर्वत पहिरो अपडेट : ६ को निधन, तीन जना अझै बेपत्ता

pahiro

थप २ जनाको शव फेला परे संगै कुस्मा नगरपापिलका-३, दुर्लुङको ढकालबारीमा शनिबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेकाे छ भने तीन जना अझै बेपत्ता छन् ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । यस्तै आज बिहान थप दुई जना दीपा थापा र कमला विकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पहिरोमा पुरिएर कुश्मा-३ का ५८ वर्षीय तुलबहादुर थापा, ५८ वर्षीय पत्नी मीनकुमारी थापा र नातिनी बिबिसा थापा, ३० वर्षीय डिरपा थापा, २६ वर्षीय कमला बिक र ८ वर्षीय प्रमिशा बिकको मृत्यु भएको छ।

अन्य तीन जना अझै हराइरहेको र उनीहरुको खोजी जारी रहेको उनले जानकारी दिए।

army

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । थपको खोजी कार्य भइरहेको र सहयोगका लागि कुश्मा नगरपालिकासँग एक्स्क्याभेटरको माग गरिएको छ ।

राति १ बजेसम्म खोजी गरेकाे र वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए ।

अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको छ ।