७ बैशाख २०८१, शुक्रबार

नेपालको नयाँ नक्शा सार्वजनिक (भिडियो सहित ), लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा

Nepal New map 1

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्शा बुधबार सार्वजनिक गरेको छ।

बुधबार दिउँसो सरकारले नेपालको नयाँ नक्शा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

गत सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले उक्त नक्शा पेश गरेकी थिइन्। सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो।

नेपालले नयाँ राजनितिक नक्शा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन् ।

आधिकारिक नक्सा सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ। यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ। 

सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उनले आग्रह गरिन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले यो नक्सा बनाएको हो।

politics

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो।


यो पनि


यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।

नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। भारतीय सेना प्रमुखले भने नेपाल सरकार अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेका थिए।

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपाल घटना ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ಮೇ 20, 2020