१२ बैशाख २०८१, बुधबार

बुधबार थप २५ जना कोरोना संक्रमित, गुल्मीका बिरामी भेन्टिलेटरमा हुनुहुन्छ, गलत सूचना नदिऔँ : स्वास्थ्य मन्त्रालय

drbikash devkota

नेपालमा बुधबार २५ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।

गुल्मीका बिरामी भेन्टिलेटरमा हुनुहुन्छ, गलत सूचना नदिऔँ

स्वास्थ्य मन्त्रालयले रुपन्देहीमा उपचाररत एकजना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको भन्दै गलत सूचना नदिन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अलिहेसम्म पनि उनको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचाररत रहेको बताए ।

“उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ, अवस्था गम्भीर छ । फेरि पनि संवेदनशील समयमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनामा ध्यान दिनुहोला,” उनले आग्रह गर्दै भनेका छन् ।

यसअघि अस्पतालले पनि विभिन्न सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।

थप ८ जना कोरोना संक्रमित निको भए

आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्।

विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा उनीहरुलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ जना पुगेको छ।