fbpx
६ बैशाख २०७८, सोमबार

कृमसन हस्पिटलामा कोरोना बाट मृत्यु भएका भनिएका व्यक्ती जिउँदै (विज्ञप्ती सहित्)

केहि घण्टा अगाडी सन्चार माध्यममा नेपालमा कोरोना बाट तेस्रो व्यक्तीको मृत्यु भएको भनेर आएको समाचार गलत रहेको पाइएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।

अस्पताल ले एक विज्ञप्ती जारी गर्दै उनको स्वाथ स्थिती गम्भिर रहे पनि उनको निधन को समाचार भ्रामक रहेको जनाएको छ ।

यस अगाडी हामीले पनि स्रोतको आधार लिएर निजको निधनको समाचार प्रकाशित गरेकोमा क्षमा चाहन्छौ । आगामी दिनहरुमा कमिकमजोरी औल्याउदै तथ्य सहित सामग्री पेश गर्ने प्रतिबध्दता व्यक्त गर्दछौ ।