२६ बैशाख २०८१, बुधबार

पूर्वमिस नेपाल श्रृंखला खतिवडा के संभव सिरोहियाको प्रेममा छिन् ?

shrinkhala 1024x538 transformed

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चल्यो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए । श्रृंखला र सिसनले सार्वजनिक रुपमा प्रेम स्वीकार नगरे पनि खुलेर प्रेम प्रदर्शन गरे। देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे ।

तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो ।

अमेरिकामा नै यी दुइबिच मायाको कोपिला पलाएको वुझिएको छ । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् ।

यसैबिच, सार्वजनिक भएको एक तस्वीरले यी दुइको प्रेम चर्चामा बल मिलेको छ । संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा भयो । तर, श्रृङ्खलाले नै यो तस्वीर खिचेको प्रष्ट हुन्छ ।

जुन तस्वीर खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामै छन् । यी दुईले खुलेरै प्रेमबारे नखुलाएपनि प्रेमको चर्चा भने सामाजिक सञ्जालमा चुलिएको छ ।

श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको मिडिया विवरण बाहिर आएका थिए ।

    सम्बन्धित समाचार...