३० बैशाख २०८१, आईतवार

पल शाहले पाए सफाइ, सोमबार रिहा हुँदै

paul shah

अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

जबरजस्तीकरणी मुद्दामा थुनामा रहेका शाहले आज सफाइ पाएका हुन्।

उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आज (आइतबार) शाहलाई सफाइ दिएको शाहका कानुन व्यवसायी अधिवक्ता कमालामोहन वाग्लेले जानकारी  दिए । 

उच्चले यसअगाडि १५ दिनभित्र मुद्दाका पक्षधरलाई उपस्थित गराउन आदेश दिएको थियो । दुवै पक्षका व्यक्ति उपस्थित भएपश्चात उच्च अदालतमा आज (आइतबार) पेसी चढेको थियो ।

यसअघि अभिनेता शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको भदौ २१ गतेको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको थियो ।

अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

यो फैसलाविरुद्ध पलका तर्फबाट पनि उच्च अदालतमा अधिवक्ता कमलामोहन वाग्लेसहितले पुनरावेदन गरेका थिए ।

वाग्लेका अनुसार शाह (भोलि) सोमबार रिहा हुँदै छन् ।

    सम्बन्धित समाचार...