२६ बैशाख २०८१, बुधबार

दाहालसमक्ष राप्रपाका मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा

RPP

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।

राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङदेनसहित राप्रपाबाट मन्त्री भएकाहरुले सामूहिक रुपमा राजीनामा बुझाएका हुन् ।

राप्रपाबाट मन्त्रिपरिषदमा रहेका उपप्रधानमन्त्री लिङदेनसहित सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएका हुन् ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । साथै राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बैठकले प्रदेशसभामा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमतिसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निणर्य गरेको थियो ।

RajinamaRPP2 1677310658RajinamaRPP 1677310254RajinamaRPP1 1677310281

    सम्बन्धित समाचार...