२२ बैशाख २०८१, शनिबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याइने

nepali congress party office

नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार तय गर्न अहिले साढे ८ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

रामचन्द्र पौडेलका नाममा सहमति जुट्ने नेताहरूले संकेत गरेका छन् । हिजो (शुक्रबार) ८ दलकाबीच भएको छलफलमा नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति जुटेको हो । उक्त छलफलमा कांग्रेसलाई राष्ट्रपति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवैले प्रस्ताव गरेका थिए ।

यद्यपि कांग्रेसले आफ्नोतर्फबाट राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन भने बाँकी छ । आज दिउँसो १ बजेदेखि राष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने समय भएकाले त्यस अघि नै राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।