२६ बैशाख २०८१, बुधबार

दर्शकमाँझ पात्रलाई बाच्ने सक्ने विपिन

Bipin Karki

अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित गरेका विपिन ‘जात्रा’ पश्चात दर्शकमाँझ चिनिए।

जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा आएकोले चरित्र निर्माणमा गम्भीर देखिन्छन्।

‘जात्रा’ शृंखलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका विपिनले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकारे । चरित्र निर्माण गरेपछि निर्देशक दीपेन्द्र कुमार खनालको आग्रहमा अर्कै भूमिका निर्वाह गरे। ‘दर्शकले विश्वास गर्नुहुन्न की ? मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए’,अभिनेता कार्कीले भने । यद्दपि त्यहि निर्माण भएको चरित्रलाई ’फूलबारी’ मा प्रस्तुत गरे।

उनले फिल्ममा अवकाश प्राप्त गरेको शिक्षकको भूमिका निर्वाह गरेका छन्। उनको श्रीमतीको भूमिकामा अरुणा कार्की छिन्। उनको तीन छोरा छन्। उमेरमा आफू भन्दा अग्रज कलाकार दयाहाङ राईसँग स्क्रिन सेयर गर्दा उनले काकाको परिपक्कता देखाएका छन्।

अभिनेता कार्कीले छायांकन अवधिभर आफूलाई पात्रमा नै राखे । ‘मैले चरित्र बाच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’,अभिनेता कार्कीले भने,’प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन सकेको छैन। ‘ रिलिजको पुर्व सन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेका अधिकांसले विपिनको कामको तारिफ गरेका छन्।

    सम्बन्धित समाचार...