१७ बैशाख २०८१, सोमबार

रवि लामिछानेको सांसद पद खारेज भएको प्रतिनिधिसभालाई जानकारी गराइयो

Rabilamichhane 1673253472

प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको सांसद पद खारेज भएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्नेक्रममा बुझाएको नागरिकता प्रमाणपत्र अवैधानिक रहेको सर्वाेच्च अदालतकोे संवैधानिक इजलासले ठहर गरेपछि उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता र सभापतिबाट पदमुक्त भएका थिए ।

प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको उत्प्रेषणको लामिछानेको उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।

    सम्बन्धित समाचार...