१४ बैशाख २०८१, शुक्रबार

मोटरसाइकललाई जोर बिजोर लागु नहुने, निजी साधन विहान ५ देखी बेलुकी ९ बजे सम्म चलाउन पाइने(अपडेट)

lockdown 20days 9

लकडाउन घोषणा भएको ८० दिनपछि सरकारले केही खुकुलो बनाएको अवस्थामा जारी गरेको जोर विजोर प्रणाली ले मोटर्साइकल यात्रु लाई दुविधामा पारेको छ ।

हिजो ट्राफिक महाशाखाले जारी गरेको विज्ञप्तिमा मोटरसाइकललाई पनि जोर बिजोर लागु भनिए पनि एसपी जीवन कुमार श्रेष्ठले जनाउनु भए अनुसार मोटरसाइकललाई जोर बिजोर लागु नहुने भएको छ । तर मोटरसाइकलमा एकजना भन्दा बढी व्यक्ती सवार हुन भने पाइदैन ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने ट्राफिक महाशाखाले जनाएको छ ।

लकडाउनको नयाँ कार्यविधि अनुसार मोटरसाइकलमा दुई जना चढ्न निषेध छ। कारमा चालकसहित ३ जनाभन्दा बढीमा रोक लगाइएको छ। यही कार्यविधि पालना भए नभए अनुगमन गरिरहेको ट्राफिक प्रहरी पनि सडकमा गुडेका सवारी को नम्बर प्लेट र यात्रु हेर्ने कार्य मा तल्लिन छन ।

यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू विहान ५ बजेदेखि रात्री ९ बजेसम्म मात्र चलाउन पाइने जानकारी एसएसपी ढकालले दिए । यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।

सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक छैन|

nepal yraffic bigyapti