१९ बैशाख २०८१, बुधबार

आयोगले भन्यो- रवि लामिछाने उम्मेदवार हुन पाउँछन्

rabi lamichanne
फाइल फोटो

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपनिर्वाचनमा उम्मेदवार हुन पाउने जनाएको छ । तर कानुनअनुसार उम्मेदवार बन्न योग्य रहेको हुनुपर्ने आयोगको भनाइ छ ।

नेपाली नागरिकता कायम भएपछि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी हुने बाटो खुलेको हो । तर उम्मेदवारका विषयमा अन्य कुनै उजुरी परेमा छानबिन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ छ ।

आयोगले उपनिर्वाचन गर्न दुई महिनाभन्दा बढी समय लाग्ने जनाएको छ । त्यसैगरी लामिछानेको मतदाता नामावली पुरानै कायम हुने कि नयाँ बनाउनु पर्ने भन्नेमा पनि अन्योल देखिएको छ ।

उनले नागरिकता पुन: प्राप्ति गर्दा पहिलेकै मिति २०५० साल राखिएकाले नामावली पनि पुरानै कायम गर्ने कि नयाँ भन्नेमा आयोग अलमलमा परेको हो । उपनिर्वाचनमा उम्मेदवार हुन चाहेमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने प्रावधान छ । संघ र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि रोकिएको मतदाता नामावली संकलन फागुन २ गतेदेखि अहिले देशभर चलिरहेको छ ।

    सम्बन्धित समाचार...