२१ बैशाख २०८१, शुक्रबार

नेपाल आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री

Capture 5

संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आएकी छन् ।

दुई दिनका लागि आइतबार वासिङ्टन डिसीबाट नेपाल आइपुगेकी नुल्यान्ड नेपाल सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्नेछिन् । उनले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ ।

उपमन्त्री नुल्यान्डले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम तय भइसकेको छ । साथै अन्य भेटवार्ताको टुंगो भने लागिसकेको छैन ।

    सम्बन्धित समाचार...