Close Me
१३ चैत्र २०८१, बिहीबार

नर्सलाई पारिश्रमिक नदिने अस्पतालमाथि कारबाहीको चेतावनी

padam giri

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

काठमाडौंमा आज आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने निजी क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थालाई कारबाही हुने बताउनु भएको हो ।

उहाँले आफूले मासिक ८(१० हजारमा पनि निजी क्षेत्रमा नर्सले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थामा तत्काल अनुगमन गर्ने बताउनुभयो ।

मन्त्री गिरीले कोरोना कालमा नर्सहरुले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंशा गर्दै उनीहरुलाई आवश्यक तलव भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार...