७ बैशाख २०८१, शुक्रबार

शशांक कोइरालाको अभिव्यक्तिले तरंग र आलोचना !

shashank koirala
फाइल फोटो

हात परिसकेको सरकार नेतृत्व गुमाएको नेपाली कांग्रेस राष्ट्रपति फुत्काउने प्रपञ्चमा छ। जसका लागि उ माओवादी केन्द्रलाई नचिढ्याउने र सत्ता साझेदार समूहका असन्तुष्ट दललाई नजिक्याउने नीतिमा छ।

आफू बलियो हुन अरुबीच खेल्नु राजनीतिकै चरित्र हो। जसमा कांग्रेसको आलोचनाको खासै अर्थ पनि छैन। तर, उचित भाग पाए सरकारमै सहभागि हुने कांग्रेसका एक नेताको अभिव्यक्तिले भने तरंग र आलोचना बढाएको छ।

यो भनाइकांग्रेस नेता शशांक कोइरालाको हो। उनी भन्दैछन्– ‘यो सरकार ढुलमुलेवाला हो । र, हाम्रो प्रयन्त सरकारलाई बलियो बनाउने हुन्छ।’

नेपाली कांग्रेसले विश्वासको मत दिएको सरकारलाई थप बलियो बनाउन प्रयास गर्ने शशांकको भनाइ एक हदसम्म ठीकै हो। तर, शशांकको अभिव्यक्ति त्यसबेला आएको छ, जुनबेला एमाले अध्यक्ष केपी ओलीकै भनाइमा कांग्रेस राष्ट्रपतिको ‘ढोक्सा’ थापिरहेको छ।

नागरिक दैनिकसँगको अन्तरवार्तामा शशांक त्यतिमा मात्रै रोकिएनन् । उनले थप उत्साहित हुँदै भने– ‘गृहमन्त्री पाए कांग्रेस सरकारमै जान्छ।’

रवि लामिछानेले नागरिकता विवादमा गृहमन्त्री गुमाए लगत्तै शशांकले गृहमन्त्रालयकै सन्दर्भ उठाएका हुन्। कतिपयले विपी पुत्र शशांकको यो भनाइलाई कांग्रेस संस्थापनकै ‘फोटोकपी’का रुपमा पनि अथ्र्यारहेका छन्। किनकि, कांग्रेसको १४औं महाधिवेशन यता शशांक सभापति शेरबहादुर देउवा निकट छन्।

शशांकको अभिव्यक्तिबारे कांग्रेस बृत्त र सामाजिक सञ्जालमा चर्चा छ। धेरैले राष्ट्रपति दाबी गरिरहेको कांग्रेस गृहमन्त्रीमै झरेको होरु भनेर खिल्ली उडाएका छन्। तर, यसबारे कांग्रेसले संस्थागत वा नेताहरुले व्यक्तिगत टिप्पणी भने गरिसकेका छैनन्। शशांकको भनाइले कांग्रेसको संस्थागत धारणा कत्तिको प्रतिनिधित्व गर्छरु भनेर सोध्दा पदाधिकारी तहका नेताले खासै गम्भीररुपमा लिएनन्।

गठबन्धन टुटाएर प्रधानमन्त्री बने पनि प्रचण्डको आलोचना नगरेको कांग्रेस राष्ट्रपति निर्वाचनसम्म माओवादी केन्द्रसँग दूरी नबढाउने नीतिमा छ। विश्वासको मत दिने मात्र होइन, हैसियतअनुसार दिए सरकारमै आउँछौं भनेर उसले माओवादी केन्द्रलाई थप फकाउन थालेको हो। किनकी, उ एमालेसँगको सहयात्रा टुटाए पनि हामी सरकार थेग्दिन्छौं भनेर माओवादी केन्द्रलाई आश्वास्त पार्न चाहान्छ।

कांग्रेसका केही नेताले अनौपचारिक रुपमा शशांकको अभिव्यक्तिलाई त्यहीरुपमा अथ्र्याएका पनि । उनीहरु भन्छन्– ‘संसदको ठूलो दल केही थान मन्त्री लिएर त्यो पनि एमालेसमेत रहेको सरकारमा जान्छ भनेर कल्पना गर्नु गलत हो।’