६ जेष्ठ २०८१, आईतवार

सुवास नेम्वाङ भन्छन्- राष्ट्रपतिमा मेरो ठूलो आकांक्षा छैन

subas nemnga

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा ठूलो आकांक्षा नभएको बताएका छन् । बिहिबार संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै उनले पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार चुन्छ उही राष्ट्रपति हुने भन्दै आफ्नो ठूलो आकांक्षा नभएको बताएका हुन् ।

‘नेपाली जनताका छोराछोरी जोपनि राष्ट्रपति बन्न सक्छन्। व्यक्तिगतरुपमा मेरो ठूलो आंकाक्षा छैन। पार्टीको निर्णय सर्वोपरी हुन्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने ।

राष्ट्रपतिको पदावधि फागुनमा सकिँदै छ । सत्ता गठबन्धनको भागबण्डामा सभामुख र राष्ट्रपति एमालेको भागमा परेको छ । आज भएको सभामुखको निर्वाचनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङको नाम अग्रपंतिमा रहेको छ ।

    सम्बन्धित समाचार...