२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री दाहाल भन्छन्- राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्छौं

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने जनाएका छन् ।

सभामुखको चुनावपछि संसद्‌बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्ने जनाए । सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिबारे समझदारी बनाउन कोसिस गरिरहेको उनको भनाइ छ । उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अघि बढ्ने प्रतिक्रिया दिए ।

‘आज सभामुखको निर्वाचन भयो । सबै कुरा थाहा पाउनुभयो । हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिस्पर्धा भयो । बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो । भोलि उपसभामुखको निर्वाचन हुन्छ,’ उनले भने, ‘आजकै प्रक्रियामा हुन्छ । राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

उनले सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभिएको जानकारी दिए । दलहरु एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको उनको प्रतिक्रिया थियो ।

    सम्बन्धित समाचार...