६ जेष्ठ २०८१, आईतवार

प्रतिनिधिसभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु

SamsadBaithak1 1674118944

प्रतिनिधिसभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुखमा विजयी हुन १ सय ३८ मत आवश्यक पर्छ ।

    सम्बन्धित समाचार...