६ जेष्ठ २०८१, आईतवार

अहिलेकै अवस्थामा नेपाली राजनीति अगाडि बढे यो व्यवस्था धेरै समय नटिक्ने सिंहको टिप्पणी

326523508 1356693681743351 8703306795133011883 n.jpg

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अहिलेकै अवस्थामा नेपाली राजनीति अगाडि बढे यो व्यवस्था धेरै समय नटिक्ने टिप्पणी गरेका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थामा पनि समावेशीताको धज्जी उडाइएको भन्दै यसरी नै राजनीति अगाडि बढे यो व्यवस्था लामो समय रहन नसक्ने बताएका हुन् । अहिलेको राजनीतिक अवस्था संविधानको आधारमा र कुनै पनि राजनीतिकशास्त्रको सिद्धान्तमा मेल नखाने उनले बताए ।

‘२०६३ को आन्दोलन समावेशिताको लागि थियो । मैले सोचेको थिए सभामुखको कुर्चीमा कुनै दलित विराजमान होला, मैले सोचेको थिए राष्ट्रपतिको कुर्चीमा कुनै जनजाति विराजमान होला, प्रधानमन्त्रीको कुर्चीमा कुनै मधेशी विराजमान होला । समावेशीताको धज्जी उडाइयो,’ उनले भने । संसद प्रतिपक्षको नभएर सरकारको कठपुतली बन्न पुगेको उनले दाबी गरे । सभामुख पद पनि दलभन्दा माथि राख्न पर्ने उनको धारणा छ ।

साथै, सत्ता गठबन्धनबाट सभामुखको उम्मेदवार बनेका देवराज घिमिरेलाई विश्वासको मत दिने पनि उनले बताए ।

    सम्बन्धित समाचार...