१६ बैशाख २०८१, आईतवार

फिल्म ‘पुष्पा’को दोस्रो भागमा रश्मिका मन्डन्नाको ठाउँमा साई पल्लवीलाई रिलेप्स गरिएको हो ?

rashmika mandanna and sai pallavi

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले गत वर्ष बक्स अफिसमा धमाका मच्चायो । यसै पान इन्डिया फिल्म ‘पुष्पा: द राइज’ मा अभिनेत्री रश्मिका मन्डन्नाले श्रीवल्लीको भूमिकाबाट विश्वव्यापी चर्चा पाएकी थिइन् । फिल्ममा अल्लु अर्जुनसँगको उनको केमेस्ट्री निकै रुचाइएको थियो ।

यो फिल्मको सिक्वेल अहिले दर्शकका लागि बहु प्रतीक्षित बनेको छ । दोस्रो भागले कौतूहल बढाएसँगै यस फिल्मका बारेमा बेलाबेलामा विभिन्न खबरहरू सार्वजनिक हुने गरेका छन् । यस्तै, पुष्प २ बाट रश्मिकालाई रिप्लेस गरेको खबर केही दिन अघि बाहिर आएको थियो । रश्मिकालाई फिल्मको दोस्रो भागबाट हटाइएको भारतीय सञ्चारमाध्यमले बताइएका थिए । हालसालै खबरहरू आएका थिए कि निर्माताहरूले अभिनेत्री साई पल्लवीलाई दोस्रो भागको लागि सम्पर्क गरेका थिए । तर, अहिले रश्मिकाले यी रिलेप्सको अफवाह खबरलाई पूर्णविराम लगाएकी छिन् ।

गाल्टा प्लसलाई दिएको एक अन्तर्वार्तामा रश्मिकाले भनिन् – ‘फिल्मबाट मलाई रिप्लेस गरेको धेरै समाचार आइरहेका छन् । तर त्यस्तो होइन, फिल्मको छायांकन सुरु गर्न पाउँदा म निकै उत्साहित छु । अर्को महिनादेखि फिल्मको छायांकन सुरु हुन्छु भन्ने लागेको छ । यो फिल्म पहिलो भाग भन्दा ठुलो र राम्रो हुनेछ । फिल्मको दोस्रो हाफ निकै रोचक हुनेछ ।

त्यसो त, निर्देशक सुकुमारले फिल्म ‘पुष्पा २’ को दोस्रो भाग बनाउन कुनै कसर बाँकी राख्न खोजेका छैनन् । सुकुमार आफ्नै एउटा ‘सिनेम्याटिक यूनिभर्स’ बनाउने तयारीमा छन् ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मका निर्देशक सुकुमार ‘आरआरआर’ स्टार राम चरणलाई पुष्प–२ मा कास्ट गर्न चाहेछन् । रामचरणले निर्देशक सुकुमारसँग आफ्नो अघिल्लो फिल्म ‘रंगस्थलम’ मा काम गरिसकेका छन् । यस फिल्ममा रामचरण मुख्य भूमिकामा थिए । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो । सोही रङ्गस्थलम फिल्मको ‘चिट्टी बाबु’को भूमिकामा रामचरणले पुष्पा २ मा एन्ट्री गर्ने बताइएको छ । तर, अहिलेसम्म निर्माताले रामचरणको क्यामियोको बारेमा कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

निर्माताले १९४ करोडको बजेटमा पहिलो भाग ‘पुष्पा: द राइज’ बनाएका हुन् । जबकि दोस्रो भागका लागि निर्माताले ४५० करोडभन्दा बढी लगानी गरिरहेका छन् । मैत्री फिल्म मेकर्सले पनि यस पटक हिन्दी डबिङ राइट्स लिएका छन् ।

पुष्पा गत वर्ष डिसेम्बर १७ मा रिलिज भएको थियो । यसमा अल्लु अर्जुन ‘पुष्पराज’ र रश्मिका मन्डन्ना ‘श्रीवल्ली’को भूमिकामा देखिएका थिए । यो फिल्म मूल रूपमा तेलुगुमा छायांकन गरिएको थियो र पछि हिन्दी लगायत अन्य भाषाहरूमा डब गरिएको थियो । ‘पुष्पा: द राइज’ को विश्वव्यापी कलेक्सन ३५० करोडभन्दा बढी थियो । यही कारण पार्ट २ को लागि निर्माताहरू निकै उत्साहित छन् ।