१ जेष्ठ २०८१, मंगलवार

मलेसियामा अलपत्र नेपाली : ७ स्वदेश फर्किए, १२ मेलेसियामै

Nepali Bandakat

मलेसियामा अलपत्र परेका १९ नेपाली कामदार मध्ये ७ जना बुधबार नेपाल आइपुगेका छन् ।

गोरखाका ठाकुर रेग्मी, कमलबावु श्रेष्ठ, भोजपुरका बाबुराम बास्तोला, कैलालीका कैलाश लोहार, धादिङका बावुलाल बिक, मकवानपुरका ईश्वर कोइराला र भुवन कोइराला नेपाल फर्केका हुन् ।

मलेसियास्थित नेपाली एजेन्टले ४ हजार ३ सय मलेसियाली रिंगेट खर्च गरेर उनीहरुलाई नेपाल पठाएको हो । रोजगारीका लागि मलेसिया पुगेको १९ जना नेपाली कामदारलाई केलाङ सहरको एक भवनमा गत पुस १७ गतेबाट बन्धक बनाइएको थियो ।

उनीहरू काठमाडौंको सानेपास्थित खोजी मेनपावर कम्पनीबाट गत भदौ २३ गते मलेसिया गएका थिए । उनीहरू मलेसियाको टिज चिकेन सप्लायर्समा कामका लागि पुगेका थिए । गत पुस १७ गते गते म्यानेजरले रौतहट घर भएका हिरालाल राउतलाई कुटपिट गरेको विषयमा विरोध गरेपछि उनीहरूकामबाट निकालिएका थिए ।

नेपाल फर्किएका ठाकुर रेग्मीका अनुसार कम्पनीले काममा फर्काउन खोजेपनि बाँकी १२ कामदार नेपाल आउन खोजिरहेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनीहरू अलपत्र र बन्धक रहेको खबर सार्वजनिक भएपछि सरकारले उद्धारको पहल थालेको थियो ।

    सम्बन्धित समाचार...