२२ बैशाख २०८१, शनिबार

संसद्‌मा आज डिर्भोसपछिको माया देखियो : महामन्त्री शर्मा

Bishowprakash Sharma

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष दलको हैसियतमा रहेको नेपाली कांग्रेस ठूलो हृदयका साथ संसद्‌मा प्रस्तुत भएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा महामन्त्री शर्माले आज संसद्मा अस्वभाविक परिस्थिति सिर्जना भएको जिकिर गरे । उनले भने, ‘आज प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो । विपक्षी ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको पक्षमा मत उभियो । हामीसँगको गठबन्धनबाट छुटिएको दललाई समर्थन दिने नदिने भन्ने प्रश्न उठ्यो । तर घरजम हुँदा माया टुट्यो डिर्भोस भएपछि माया बस्यो जस्तो परिस्थिति आज संसद्मा देखियो ।’

विश्वासको मतको विपक्षमा उभिने आफ्नो विचार भए पनि पार्टीको निर्णय स्वीकार गरेको उनको भनाइ छ । ‘निर्वाचनपछि हामी ठूलो दल बन्यौं तर परिस्थितिले विपक्षीमा पुग्यौं । हाम्रो पार्टीभित्र फरक मत हुँदा पनि यो निर्णयमा पुग्यौं । विचारमा फरक भएपनि नेपाली कांग्रेस निर्णयमा एक ठाउँमा उभियो ।’ उनले अगाडि भने, ‘हामी केही साथीको फरक मत देखियो । हामीले लिखितरुपमा पनि विपक्षमा उभिने कुरा उठाएका थियौं । तर पार्टीको निर्णयमा एक भयौं ।’

संविधानको रक्षाको लागि विपक्षी दलले ठूलो हृदय राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेको उनको तर्क छ ।