५ जेष्ठ २०८१, शनिबार

सकियो सत्ता गठबन्धनको बैठक, मुख्यमन्त्रीको विषय अनिर्णीत

Gathabandhan Dal Baluwatar

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठक सकिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहलका स्वकीय सचिव सूर्यकिरण शर्माले कान्तिपुर टीभीसँगको कुराकानीमा आजको बैठकले मुख्यमन्त्री टुंगो लगाउन नसकेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभामा २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । बैठक विश्वासकै मतमा केन्द्रित रह्यो । मुख्यमन्त्रीका विषयमा कुनै निर्णय भएन ।’

प्रदेश १ मा आइतबार नेकपा एमालेका हिक्मत कार्की नियुक्त भए भने बाँकी ६ वटा प्रदेशमा सत्ता गठबन्धनले मुख्यमन्त्रीको टुंगो लागाउन सकेको छैन ।