१५ बैशाख २०८१, शनिबार

सडकको नाम परिवर्तन गरी पेलेको सम्मानमा ‘किंग पेले मार्ग’ राखियो

322381503 1243145873215780 5436832526423639393 n

ब्राजिलको रियो द जनेरियोस्थित माराकाना रंगशाला नजिक रहेको सडकको नाम परिवर्तन गरी किंग पेले मार्ग राखिएको छ ।

फुटबलका महान् खेलाडी पेलेकोको सम्मानमा सडकको नाम परिवर्तन गरिएको हो । तीन पटकका फिफा विश्वकप विजेता पेलेको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो ।

अहिले पेले मार्गमा फोटो खिचाउन स्थानीय तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । किङ पेले मार्ग माराकाना रंगशालादेखी एक दशमलव चार किलो मिटरसम्म रहेको छ ।