१३ बैशाख २०८१, बिहीबार

महान् फुटबल खेलाडी पेलेको उच्च सम्मानका साथ अन्त्येष्टि

skysports pele pele funeral 6013146

ब्राजिलका महान् फुटबल खेलाडी पेलेको उच्च सम्मानका साथ अन्तिम संस्कार गरिएको छ ।

सान्तोस फुटबल क्लबको मैदानमा चौबीस घण्टाको श्रद्धाञ्जलीसभापछि पेलेको अन्तिम संस्कार गरिएको हो । भिला बिलमिरो रंगशालामा दुई लाख ३० हजारभन्दा बढी समर्थकले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको सान्तोस क्लबले जनाएको छ । निजी समारोहबीच भएको अन्तिम संस्कारमा पेलेको पार्थिव शरीरलाई रंगशालाबाट लैजाँदा सडकमा हजारौँ मानिस उपस्थित भएका थिए ।

ब्राजिलले पेलेको निधनमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको थियो । नयाँ राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा पनि पेलेलाई अन्तिम बिदाइ गर्न भिल बिलमिरो रंगशाला पुगेका थिए ।

ब्राजिलको राष्ट्रिय झन्डाले छोपिएको पेलेको कफिन उनकी आमाको घर हुँदै लगिएको थियो । एक सय वर्षकी पेलेकी आमा सिलेस्टी अरान्तेस अझै जीवित छन् । पेलेलाई राखिएको इक्युमेनिकल मेमोरियल नेक्रोपोलिस सेमेटेरी गिनिज विश्व रेकर्डमा समावेश छ । अर्थात् यो विश्वको सबैभन्दा अग्लो सेमेटरी हो । पेलेलाई दुई सय मिटर स्क्वायरमा फैलिएको समाधिस्थलमा उनका पिता, भाइ र छोरीसँगै राखिएको छ ।

१४ तलाको सेमेटेरीमा पेलेका लागि नवौं तला छनोट गरिएको छ । फुटबल खेलाडी रहेका पेलेका पिताले नौ नम्बरको जर्सी लगाउने गर्दथे । पेलेलाई राखिएको ठाउँबाट सान्तोस क्लबको मैदान देखिन्छ । तीनपटकका विश्वकप च्याम्पियन पेलेको गत बिहीबार ८२ वर्षको उमेरमा निधन भएको थियो । पेलेबाहेक अहिलेसम्म तीनपटक फिफा विश्वकप कसैले पनि जितेको छैन । १२ सयभन्दा बढी गोल गरेका पेलेले १० नम्बर जर्सीलाई विश्व विख्यात बनाएका थिए ।

skysports pele pele funeral 6013146
230103103035 02 pele wake santos 0103 2
LK6TQPUYGZMWZJPP4HUWQ7WXCQ
20230103 1672777566 451
pe
pele