fbpx
२४ फाल्गुन २०७७, सोमबार

दुर्घटना गराउनेलाई प्रहरीले छाडेको भन्दै चालकको पसलमा आगजनी

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ। गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी गरिएको स्थानीयवासीले बताएका छन्।

गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई लिएर स्थानीयवासीले पसलका सामान बाहिर निकाली सप्लायर्समा आगजनी गरेको राजापुर –६ का वडाध्यक्ष महेश चौधरीले बताए।

स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निर्णय गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीमा २२ दिनमा छाडिएका कारण आगजनी गरिएको स्थानीयवासीले बताएका छन्।

तोडफोडमा करीब रु ८७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।

fगत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राजापुर ६ महादेउलीका ३८ वर्षीय सोमनाथ थारुको उपचारका क्रममा गुलरियामा ज्यान गएको थियो। रासस