१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेकालाई पानीको फोहरा र प्रहरीको लाठी, केही घाइते – (थप तस्बिर सहित)

MCC Against Protest Baluwatar 5
तस्बिर: विनोद कटुवाल

सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।

कोरोना महामारीका वेला लकडाउन गरिएका बेला सरकारले कर तिर्न ताकेता गरेको कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर र प्रभावहिन रहेको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार नजिक मंगलबार प्रदर्शन भएको छ ।

MCC Against Protest Baluwatar

बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले सरकारको कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएका १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन्

साथै, पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि उनीहरुले विरोध गरेका छन् ।

MCC Against Protest Baluwatar 2

कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नु पर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु पर्ने तथा सबैको जीवन रक्षा गर्नु पर्ने मागसहित प्रधानमन्त्री निवास नजिकै रहेको वडा कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरु मास्क लगाएर गएका थिए।

MCC Against Protest Baluwatar 3

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीको लाठी लागेर विवेकशील नेपाली दलका उज्ज्वल थापा सामान्य घाइते भएका छन् ।

केही प्रदर्शनकारीलाई प्रहरीले पक्रेको छ। प्रदर्शनकारीले एमसीसीको पनि विरोध गरेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा समेत प्रयोग गरेको थियो।

MCC Against Protest Baluwatar 6
MCC Against Protest Baluwatar 4
MCC Against Protest Baluwatar 1