१४ बैशाख २०८१, शुक्रबार

रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या, फरुवाले हानेर पाँच जनाको हत्या गरेको साविति वयान

103097035 3664004520281935 3377806620677447424 n q2ioGaKrcB

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँको कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको गए राति हत्या भएको छ । सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएका थिए । पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताए ।

‘सुरुमा उनले संलग्नता स्वीकारेनन् तर, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएका छन्’, रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने ।

थापा भन्छन्, ‘यो प्रारम्भिक स्वीकारोक्ति हो, विस्तृतमा अनुसन्धानपछि मात्रै खुल्छ ।’

गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं। ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।

उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।

गाउँलेले घेरेपछि बेहोस भए आरोपि

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेको भनिएका व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झसेन्द्र सिंजाली बेहोस भएका हुन् ।

उनलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए ।

उनका अनुसार मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिंजालीलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको अधिकृतहरुको भनाइ छ ।

आरोपित सिंजाली सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ ।

हालसम्म प्राप्त जानकारी अनुसार सिंजालीसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिंजाली लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।

झपेन्द्रले माधवलाई दिएका थिए ज्यान मार्ने धम्की

रुपन्देहीको तिलोतमा नगरपालिका–१० मैनहियामा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झपेन्द्र सिंजालीको पशु फार्मका माधव मुसहरसँग झगडा भएको खुलेको छ ।

जेठ १४ गते ज्यान गुमाएका मुसहर र झपेन्द्रबीच गंगादेवी पशु फार्ममै झगडा भएको र झगडा गर्ने क्रममा झपेन्द्रले ज्यान मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

पोषराजलाई माधवले धर्मपुत्रको रुपमा पालेको पाइएको छ । घटनामा मृत्यु भएका सबै तिलोत्तमा नगरपालिकाकै हुन् । हत्यामा संग्लन सिँजाली भने सुर्खेका रहेको बुझिएको छ ।

सामूहिक हत्या भएकाको सनाखत

सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । हत्यामा एक दम्पतीको समेत ज्यान गएको छ ।  ज्यान गुमाउनेमा ३७ वर्षीया जानकी मुसहर र ४० वर्षीय माधव मुसहर श्रीमानश्रीमती रहेको खुलेको हो ।

त्यस्तै अन्य मृतकहरुमा १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् ।

करण र आशिषबाहेक अन्य तीनजना भैँसीफार्ममा काम गर्दै आएका थिए । करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले बताए ।

उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।