२६ बैशाख २०८१, बुधबार

दाहालको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा : कोइराला

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै उनले दाहालको सत्तारोहण अपेक्षित नभएको बताए । यो घटनाले नेपाली कांग्रेस नेतृत्वको मुख्य साझेदार माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको टिप्पणी गरे ।

उनले अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प नभएको उल्लेख गर्दै पार्टीको गल्ती र कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको बताए ।