२० बैशाख २०८१, बिहीबार

जेष्ठ सदस्यबाट कर्णालीका प्रदेशसभा सदस्यहरूले लिए शपथ

KarnaliProvincialMember 1672052147

कर्णाली प्रदेशसभा सदस्यहरुलाई जेष्ठ सदस्य विनोद शाहले पद तथा गोपनियताको सपथ गराएका छन ।

कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका ४० जनालाई सोमबार शाहले पद तथा गोपनियताको शपथ गराएका हुन् । सोमबार बिहान प्रदेश प्रमुख तीलक परियारबाट जेष्ठ सदस्य शाहले सभामुखको सपथ लिएपछि दिउसो प्रदेशसभाका अन्य सदस्यहरुलाई शाहले शपथ गराएका हुन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ अनुसार सभामुख शाहले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन । कर्णाली प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र समाजवादीका एक/एक र स्वतन्त्र एक गरी ४० जना सदस्य छन् ।

प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन नहुदाँसम्म शाहले सभामुखको जिम्मेवारी लिने छन् ।

प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपीसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा २० बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । तर कुनै पनि सांसदहरुले जानकारी नगराएको सचिवालयले जनाएको छ ।