४ जेष्ठ २०८१, शुक्रबार

जाँदाजाँदै श्रममन्त्री कुवँरले भने – नयाँ सरकारले रोजगारी सिर्जनामा काम गर्न आवश्यक छ

289630601 733621557979873 8251913961078826179 n
फाइल फोटो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै नेपालमा सबैभन्दा चुनौतीको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नेकुरा रहेको बताएका हुन् ।

उनले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भएपनि यसबाट दीगो खुशी र समृद्धी नमिल्ने बताए। स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्न सकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारी सिर्जना हुने उल्लेख गरे । उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमिकहरु नहुनु दुःखद् भएको बताए ।

साथै मन्त्री कुवँरले नयाँ सरकार गठनको प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए। ‘यो मन्त्रालय अहिले सकारात्मक ढंगले अघि बढेको छ । अहिले जुन बेला पनि चर्चाको विषय बनेको छ । हामी जस्ता सोझासाझा मानिसलाई निर्वाचन गाह्रो छ, यो यसपालि मैले सिकेको कुरा हो ।’ उनले भने, ‘त्यसैले देशमा राजनीतिक उत्ताचढाव आइरहन्छ । अहिले नयाँ सरकार कमरेड प्रचण्डको नेतृत्वमा बन्दैछ । यसलाई स्वभाविक ढंगले लिनुपर्छ ।’

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या दिनप्रतिदिन बढीरहेकाले उनीहरुको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गरे ।

उनले आफू मन्त्रालयबाट बिदा भएको भएपनि सिंहदरबार र संसदबाट टाढा नरहने बताएँदै आफूले मन्त्री क्वार्टर पनि छोडिसकेको जानकारी गराए।

    सम्बन्धित समाचार...