७ बैशाख २०८१, शुक्रबार

आठ सदस्यीय मन्त्रिपरिषद गठन, नारायणकाजीलाई भौतिक पूर्वाधारको जिम्मा

3uppradhanmantri 1672051343

माओवादी नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

विगतमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनिसकेका श्रेष्ठ राष्ट्रियसभा सदस्य हुन् । यसपालि उनले गृहमन्त्री बन्न चाहेका थिए । तर, रवि लामिछानेले गृहमा दाबी गरेपछि श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो ।

नेपाली कांग्रेससँगको सहकार्य तोढेर एमालेसँग गठबन्धन बनाउनमा श्रेष्ठले भूमिका खेलेका थिए ।

नवगठित मन्त्रिपरिषदमा एमाले उपाध्यक्ष विष्णु पौडेल दोस्रो बरियतामा परेका छन् भने उपप्रधानमन्त्री श्रेष्ठ तेस्रो वरीयतामा छन् । एमालेबाट विष्णु पौडेल, राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साहसहित चार मन्त्री बनेका छन् भने माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, र जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका छन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुले सोमबार शीतलनिवासमा शपथ खाएका छन् ।

    सम्बन्धित समाचार...