१४ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्री बने विष्णु पौडेल

bishnu poudel
फाइल फोटो

नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीमा तीनजना नियुक्त भएका छन् । जसमा पौडेलसँगै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।