१६ चैत्र २०८०, शुक्रबार

गृहमन्त्री बने रवि लामिछाने

3uppradhanmantri 1672051343

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसँगै गृहमन्त्री बनेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीमा तीनजना नियुक्त भएका छन् । जसमा लामिछानेसहित एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नियुक्त भएका हुन् ।