१५ बैशाख २०८१, शनिबार

तीन उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले लिए शपथ

3uppradhanmantri 1672051343

राष्ट्रपति विद्यादेवी भण्डारीबाट तीन उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिएका हुन् ।

नयाँ मन्त्रिपरिषदमा पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै, श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

लामिछाने भने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र ३ जना मन्त्रीहरुले सोमबार नै शपथ लिएका छन् । मन्त्री ज्वालाकुमारी साह भने शपथ समारोहमा अनुपस्थित भएकी छन् ।

    सम्बन्धित समाचार...