२८ बैशाख २०८१, शुक्रबार

पहिलोपटक दौरासुरुवाल लगाएर प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

DahalShapath22 1672050914

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिए । यसअघि दुईपटक प्रधानमन्त्री भएका दाहालले सुट पाइन्ट लगाएका थिए ।

दाहाल नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । एमालेसहित सातदलीय समीकरणपछि प्रधानमन्त्री बनेका दाहालले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका हुन् ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो । 

प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सपथ लिएका छन् ।