२६ बैशाख २०८१, बुधबार

राज्यबाट दिइने तलब भत्ता सामाजिक काममा लगाउने सांसद कार्कीको घोषणा

Toshima Karki

नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक काममा लगाउने घोषणा गरेकी छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफूले राज्यबाट प्राप्त गर्ने सबै तलब भत्ता सामाजिक कार्यमा उपयोग गर्ने घोषणा गरेकी हुन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले सुरुवातमा निःशुल्क महिनावारी सामग्री अभियान सञ्चालन गर्ने उल्लेख गरेकी छन् ।

उनले ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क स्यानिटर प्याड वितरणको लागि नपुगेको ठाउँमा आफ्नो कोषबाट रकम उपलब्ध गराउने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘स्वघोषणा : राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु । सुरुवात : ‘निशुल्क महिनावारी सामाग्री अभियान’ । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ति निःशुल्क स्यानिटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ।’

    सम्बन्धित समाचार...